© 2026
दाङ। साहित्यकार पद्मप्रसाद शर्माको २१ औं कृति एक्काइस पाइलाू विमोचन गरिएको छ । नेपाल शिक्षक संगठन दाङ शाखाको आयोजनामा शनिबार घोराहीमा आयोजित कार्यक्रममा नियात्रा संग्रहका रुपमा साहित्यकार शर्माको जन्मदिनको अवसरमा एक्काइस पाइला कृति विमोचन गरिएको हो । रास्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष हरीप्रसाद गौतमले साहित्यका माध्यमबाट समाजलाई सुसूचित गराउनु भएकोमा साहित्यकार शर्मालाई धन्यवाद दिए ।
शर्माको शिक्षण पेसाबाट सेवानिबृत्त भएपछिको समय अझै सकृय भएको बताउदै सकृय जीवनले मानिसलाई उर्जाबान बनाउने बताए । साहित्यकार शर्माको साहित्य र शिक्षा क्षेत्रमा गर्दै आएको योगदान सबैका लागि प्रेरणाको श्रोत रहेको बताए । उनले पठन संस्कृतिको विकास मानव चेतनाको विकासको प्रमुख आधार रहेको बताए । पछिल्लो समय पठन संस्कृति कमजोर बनिरहेकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बेला आएको बताए । सो अवसरमा, निबृत्त शिक्षक समाज दाङका अध्यक्ष गोबिन्द पौडेलले साहित्यले मानवीय चेतनाको दायरा फराकिलो बनाउने बताए। शिक्षणका माध्यमबाट हजारौंलाई ज्ञानको ज्योति छर्नुभएका शर्माले पछिल्लो समय किर्ति मार्फत अगाडि बढेको बताए ।
कार्यक्रममा साहित्यकारहरु पुरुषोत्तम खनाल, नागरिक समाज दाङका सचिव नारायणप्रासाद श्रेष्ठ , घोराही खानेपानीका महिला सदस्य खुमा खड्का , साहित्यकार ऋषिराज जंगली,बलदेव अधिकारी ,ऋषि कस्यप अधिकारी,राप्ती परिषदका अध्यक्ष कमलमणि देवकोटा, नेपाली लेखक संघका अध्यक्ष डा हिमलाल पन्थी कार्यक्रममा शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा पंडित, शिक्षक संगठन दाङका उपाध्यक्ष सुस्मा भण्डारी, धनिराम केसी लगायतले शुभकामना दिएका थिए । जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा श्रष्टा शर्माले आफ्ना शैक्षिक गुरु नारायण सिंह गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
कृतिको समीक्षा पद्मोदय पब्लिक नमूना माबिका सहायक प्रधानाध्यापक नारायणप्रसाद पोखरेलले गरेका थिए । उनले एक्काइस पाइला किर्तिमा यात्रामा देखेका , भोगेका कुरालाई उतार्नु सफल भएको बताए । जन्मदिनलाई सिर्जनात्मक बनाउँदै समाजका लागि कृति उपहार दिने काम अनुकरणीय रहेको चर्चा गर्दै कृति पठनीय सामग्री रहेको बताए । यसअघि साहित्यकार शर्माका २० वटा कृति प्रकाशन भई सकेका छन् । कृतिहरुमा हाम्रा सुसेलीहरु २०४९ गीत संग्रह सहप्रकाशन, ढिकपुरदेखि मेचीपुलसम्म २०५८ यात्रा संस्मरण निबन्ध, हुम्लाको झलक २०६० भूगोल ईतिहास, राप्ती साहित्य परिषदको ईतिहास २०६० इतिहास, नेपाल राष्ट्रिय शिक्षक संगठनको ईतिहास २०६१ निबन्ध, शब्दको भेद र कार्यक्रमको स्वरुप २०६१ निबन्ध, उपहार २०६२ आत्मकथा, जनआन्दोलन भाग २ मा दंगाली श्रष्टाको भूमिका २०६३ ईतिहास, पहलवानपुरदेखि तिलासम्म २०६५ यात्रा संस्मरण निबन्ध, तर पनि अचेत छौँ २०६७ यात्रा संस्मरण निबन्ध, जीवनको रहस्य २०७३ निबन्ध संग्रह, ढिकपुरदेखि अर्घाखाँचीसम्म २०७६ यात्रा संस्मरण, त्रिवेणी २०७७ यात्रा संस्मरण निबन्ध, उज्यालो पर्खिरहेको क्षितिज २०७८ कविता संग्रह, बाईस तारा २०७९ जीवनचरित, अधिकारी वंशधर नियाल्दा ईतिहास २०७९, अठार थुँगा २०८० जीवन चरित , ब्राह्मण राजा जसु र बंशधर २०८१ इतिहास , एक्काइस पाइला २०८३ यात्रा निबन्ध रहेका छन् ।
यसैगरी, अहिले पनि थुप्रै कविता, गित, निबन्ध, समीक्षा, समालोचना, जीवनी, समसामयिक लेख पत्रपत्रिकाहरुमा नियमित प्रकाशित हुने गरेका छन् । कार्यक्रममा लेखक शर्माले पुस्तक प्रकाशनका अनुभव सुनाउदै उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए ।।।