© 2026
बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ नरेनापुरस्थित मिनी फेवातालमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–२ मौवारी निवासी अन्दाजी ५५/५६ वर्षीय दिनानाथ थारु रहेका छन् । उनी घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार थारु असोज २ गतेदेखि सम्पर्कविहीन थिए । खोजी गर्ने क्रममा उनले लगाएको कपडा मिनी फेवातालको किनारमा फेला परेपछि तालमा डुबेको हुनसक्ने आशंकामा खोजीका लागि सुरक्षा निकायलाई खबर गरिएको थियो ।
खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायब निरीक्षक ९सप्रनानि० खुमलाल पराजुलीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो । टोलीमा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त चार जना सशस्त्र प्रहरी कर्मचारीसमेत रहेका थिए ।
टोलीले बिहान ९ः२० बजेदेखि तालमा खोजी कार्य सुरु गरेको थियो । खोजीका क्रममा बिहान १०ः०५ बजे थारुको शव फेला पारी तालबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनास्थल सुरक्षा बेस बुटवलबाट करिब १२/१३ किलोमिटर दक्षिण–पश्चिमतर्फ रहेको बताइएको छ । शव आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको छ ।