Butwal Today

नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ ।

अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिए । उनले अर्थ समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?