Butwal Today

एक्स्ट्रिम (पिएमजिओ) साउथ एसिया फाइनल्स २०२६ भदौ ३१ देखि

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा साउथ (पिएमजिओ) एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रतिको बढ्दो आकर्षणलाई प्रतियोगिताले थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, विभिन्न प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायत कार्यक्रम सञ्चालन हुनेछन्। त्यस्तै, प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिने आयोजकले जनाएको छ।

चार दिनसम्म सञ्चालन हुने (पिएमजिओ) साउथ एसिया फाइनल्सले प्रतिस्पर्धासँगै दर्शकलाई मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ। यस प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विकास र प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास आयोजकको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?