ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

सुस्ताको बौद्ध तिर्थ स्थल ‘सतपती’ घोषणा

२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

नवलपरासी(बुटवल टुडे)  माघ-  माघ पुर्णिमाको अवसर पार्दै जिल्लाको सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गरिएको छ । सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी प्रमुख आथिती गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले घोषणा गरेकी हुन् ।

उनले प्राचिन बौद्ध स्थल भएको पहिला देखी नै सुनिदै आएको र अहिले आफ्न्रै गाँउ ठाँउको प्राचिन स्थललाई बौद्ध अध्ययेताहरुको सहयोगमा यो बौद्ध तिर्थ स्थलको रुपमा घोषणा गर्न पाउनुमा आफु सौभाग्य शाली भएको बताएकी थिईन् । लुम्बिनी बुद्ध जन्मेको स्थलको रुपमा सँसार भरि विख्यात छ ,उनले भनिन,तर बुद्धको महत्वपुर्ण सन्देश दिएको सतपती स्थललाई पनि बौद्ध परिपथलसँगै जोडेर पहिचान गराउनमा यो घोषणा उपलब्धी मुलक हुनेछ । कार्यक्रममा विशिष्ट अथिती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ओझेलमा परेको यो महत्वपुर्ण बौद्ध स्थललाई यो घोषणाले सँसारमा पहिचान गराउने र विश्व सम्पादाको रुपमा स्थापित हुनेमा विश्वास ब्यतm गरेका थिए ।त्यसका लागि स्थानियबासी अब यहाँका प्राचिन मुल्यमान्यतालाई संरक्षित गरि बौद्धयात्रीका लागि पनि प्रमुख तिर्थ स्थलको रुपमा विकास गर्न आग्रह समेत गरेका थिए ।
संसारका मानिस बुद्ध जन्मेको देश नेपाल चिन्ने गरेका छन्,उनले थपे,तर बुद्धले कोलिय राज्य भित्रका विभिन्न स्थानमा गएर महत्वपुर्ण धर्मोपदेश गरेका स्थानलाई पनि चिनाउनका लागि स्थानियबासी निरन्तर लाग्नु पर्छ । यसले स्थानियबासीको संस्कृतिक विकास,आर्थिक विकास र अध्यात्मिक लाभ प्राप्त गर्नेमा सक्षम बनाउने छ । बौद्ध सहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगँसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको छ । सो स्थानलाई बौद्धकालिन प्राचिन सतपती बौद्धतिर्थ स्थल घोषणा गरिने गाउपालिकाले विगत बर्ष देखी नै सोच बनाएको र अहिले पुर्णिमाको अवसरमा घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

बौद्ध दर्शनका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तव र पुरातत्व क्षेत्रको जानकार नारद यादवसँग पनि परामर्श भएर यो बौद्धकालिन स्थान भएको पहिचान भएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,प्राचिन स्थलको रुपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला ? भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो । खोज गर्दै यसको उल्लेख सतपती भनेर चिनियायात्रीको बर्णन र स्थानियमा पनि सतपती गाँउसँगै जोडिएको हुदा सतपति भनेर घोषणा गर्न लागिएको उनको भनाई थियो ।

भगवान गौतम बुद्ध जिवनको उत्तरार्धमा बैशाली नगरमा उनले माघ पुर्णिमाको दिन आफुले तिन महिना पछि बैशाख पुर्णिमाका दिन महापरिनिर्वाण लिइने घोषणा गरका थिए । यसलाई बौद्धमार्गीले महापरिनिर्वाण घोषणा दिवसको रुपमा मनाउदै आएका छन् । सोही अवसरमा अहिले यो सतपती गाउनजिकैको चुहाडी प्राचिन स्मारक क्षेत्रलाई सतपती बौद्ध तिर्थ स्थल भनेर घोषणा भएको स्थानिय समाजसेवी तथा विपश्यना साधक जितराम पंजियारले बताए । यसको महत्व ठूलो छ,तर अहिले यसको महत्व उजागर हुन नसक्दा समान्य रुपमा यसलाई चुहाडी र नजिकै रहेको गाउलाई सतपती भनेर मात्र चिन्ने गरिएको थियो । यो घोषणाले यो बौद्ध परिपथमा अब जोडिनेमा विश्वस्त भएको उनको भनाई थियो ।

विपश्यना अन्तरगतकै एक महत्वपुर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो,सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो । जुन ह्वेगँसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । उनले तिन सय पुरानो मानव अंग दात पनि फेला परेको उल्लेख गरिएको छ । संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको पंजियारले बताएका थिए । अब बौद्ध तिर्थ स्थल त घोषणा भयो,उनले थपे,अब यसलाई गाउपालिकाले आफ्नो गौरवकै योजनामा समावेश गरि लगानी पनि गर्नु पर्छ । स्थानिय र गाउपालिका दुबैले विश्वसम्पदामा सुचिकृतका लागि पुरातात्विक खोजका लागि पनि अग्रसरता देखाउनु पर्ने उनको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?