© 2026
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयको सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा अन्य निकायमा कार्यरत २५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो।
निर्णयअनुसार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, इटहरीमा कार्यरत पुष्पराज कटवाललाई बनगाड कुपिण्डे नगरपालिका, सल्यान तथा शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टलाई जिल्ला समन्वय समितिको कार्यालय, दाङ सरुवा गरिएको छ। यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंमा कार्यरत इन्द्र गौतमलाई घोडाघोडी नगरपालिका, कैलाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत भीमप्रसाद भट्टराईलाई वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, तथा शुक्लागण्डकी नगरपालिका, तनहुँका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई गृह मन्त्रालय, काठमाडौं सरुवा गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयमा कार्यरत प्रकाश आचार्यलाई बेदकोट नगरपालिका, कञ्चनपुर पठाइएको छ। त्यसैगरी वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटालाई भूमिसुधार तथा मालपोत कार्यालय, बाँके र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत बसन्तप्रसाद पन्थीलाई लेकबेँसी नगरपालिका, सुर्खेत सरुवा गरिएको छ। खानी तथा भूगर्भ विभागमा कार्यरत नारायणप्रसाद भण्डारीलाई मुसीकोट नगरपालिका, गुल्मी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत श्रीधर गौतमलाई गोदावरी नगरपालिका, कैलाली सरुवा गरिएको छ । बेदकोट नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टलाई गृह मन्त्रालय वा अन्तर्गत तथा घोडाघोडी नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवसिं भण्डारीलाई मालपोत कार्यालय, वीरेन्द्रनगर, सुर्खेत सरुवा गरिएको छ।
यस्तै जिल्ला प्रशासन कार्यालय, तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी वन्दना राईलाई शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर, गोदावरी नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई भूमिसुधार तथा मालपोत कार्यालय, बर्दिया, गुलरिया सरुवा गरिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयमा कार्यरत शंकरराज पाठकलाई बेलकोटगढी नगरपालिका, नुवाकोट तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीलाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत खटाइएको छ।
यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत बाबुराम घिमिरेलाई भीमदत्त नगरपालिका, कञ्चनपुर तथा मुसीकोट नगरपालिका, गुल्मीका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याललाई लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही सरुवा गरिएको छ।बेलकोटगढी नगरपालिका, नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत पठाइएको छ। सिद्धार्थनगर नगरपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत जनक थापालाई माडी नगरपालिका, चितवन तथा भीमदत्त नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
त्यस्तै माडी नगरपालिका, चितवनका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललाई शुक्लागण्डकी नगरपालिका, तनहुँ तथा बनगाड कुपिण्डे नगरपालिका, सल्यानका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीलाई मध्यविन्दु नगरपालिका, नवलपरासी बर्दघाट सुस्ता पूर्व सरुवा गरिएको छ। मध्यविन्दु नगरपालिका, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई सिद्धार्थनगर नगरपालिका, रुपन्देही तथा लेकबेँसी नगरपालिका, सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत महेंद्रकुमार शर्मालाई मालपोत कार्यालय, लमही, दाङ सरुवा गरिएको छ।
सरुवा भएका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको विस्तृत विवरण