Butwal Today

रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।

अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन् ।

समितिका सभापति डा। कृष्णहरि बुढाथोकीले उपसमितिलाई रसुवा बाढीसँग सम्बन्धित र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको बताए ।

उनले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यादेश पाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?