© 2026
चितवन । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकार्यमा नेपाल सी.एम.ए. संघले सञ्चालन गरेको शिविरमा बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा औषधि वितरण भइरहेको छ। शिविरको दोस्रो दिन पनि स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। चितवनका स्वास्थ्यकर्मी सुरेन्द्र धितालले जानकारी दिए ।
विपद्का कारण प्रभावित नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको हो। शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको शिविरमा खटिएका चितवनकै स्वास्थ्यकर्मी नवीन चापागाईंले बताए ।स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श दिँदै प्रभावित नागरिकलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइरहेका छन्।