Butwal Today

संघीयताको वकालत व्यवहारमा खोक्रो : जसपा सासंद हेमा बेलबासे

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

भैरहवा। जनता समाजवादी पार्टी जसपा नेपालकी समानुपातिक सांसद हेमा बेल्बासे केसीले पार्टी नेतृत्वको संघीयता कार्यान्वयनसम्बन्धी भूमिकामाथि प्रश्न उठाएकि छिन । जसपा नेपालले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि सांसद बेल्बासेले पार्टीले संविधानको मर्म र भावनाअनुसार संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप बताईन ।

उनले जसपा नेपालले संघीयताको वकालत गर्दै आए पनि व्यवहारमा त्यसअनुसार अघि बढ्न नसकेको दाबी गरिन। राजनीतिक लाभका लागि मात्रै संघीयताको एजेण्डा उठाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनकोको भनाइ छ ।जसपा नेपाल लुम्बिनी प्रदेशको प्रमुख सचेतकसमेत रहेकि बेल्बासेले सामाजिक सञ्जालमार्फत आम नागरिकलाई भ्रममा पार्ने राजनीतिक गतिविधि बन्द गर्न नेतृत्वलाई आग्रह गरेकि छन ।

उनले लेखेकि छन, ‘आम नागरिकलाई झुक्काउने यो खेल बन्द गरियोस् महोदय, जनता अब सचेत भइसकेका छन्।’

ललितपुरको बालकुमारीमा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई कारबाही गरिएको जसपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?