Butwal Today

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणबारे जानकारी लिने एमालेका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बताए ।

एमालेले बागमती प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरेको छ ।

अकल्पनीय तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एमालेले सरकारको कोषमा एक करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?