© 2026
काठमान्डौँ ।
चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै राष्ट्रपति सीले उपलब्ध सबै स्रोत–साधनको पूर्ण क्षमता प्रयोग गरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुट्न निर्देशन दिएको जनाएको छ ।
बाढीपहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ । समाचारअनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ ।