© 2026
भैरहवा। सरकारले मोहम्मद जयन्तीको अवसरमा भोलि भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज (भदौ ९ गते) एक सूचना जारी गर्दै मुस्लिम आयोगको जानकारी अनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते परेकाले सो दिन बिदा दिइएको जनाएको छ। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता अनिन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबिच, गृह मन्त्रालयले मोहम्मद जयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
