Butwal Today

प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । अदालतले प्रसाईंलाई किन जारी हुनु नपर्ने हो ? आधार र कारण खुलाएर बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ । लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ ।

त्यस्तै, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासीका क्रममा बरामद गरिएको भनिएका सामानसमेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?