Butwal Today

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

७ भाद्र २०८३, आइतबार
अ+
अ-
इस्लामाबाद ।
पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेका बेला सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो ।
विस्फोटमा सुरक्षाकर्मीको एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहानसमेत भएको थियो । थप सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको प्रहरीले जनाएको छ ।
मृतकको शव तथा घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि प्रहरीले राजमार्ग केही समयका लागि बन्द गरी आक्रमणमा संलग्नहरूको खोजी तथा पक्राउका लागि सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?