Butwal Today

दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

६ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका  छन् ।

पूर्व मन्त्री घिसिङले आज विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक घरमा भेटिएको थियो । प्रहरीका अनुसार बालिकाको  करणीपछि हत्या भएको हो ।

उज्यालो नेपालले बालिकामाथि भएको जघन्य अपराधले समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै पीडितलाई न्याय दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?