© 2026
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमै नभोगेको निन्दा र आलोचना खेप्नुपरेको बताएका छन्। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आफूमाथि भएको आलोचनातर्फ संकेत गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो।’ पार्टीभित्रैबाट आफूविरुद्ध भइरहेको आलोचनालाई संकेत गर्दै थापाले पछिल्लो समय कांग्रेसभित्र देखिएको राजनीतिक विवाद र असन्तुष्टिबारे धारणा राखेका हुन्।