Butwal Today

सिँढीबाट लडेर युवकको मृत्यु

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

महेन्द्रनगर ।  भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो । सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?