© 2026
दाङ । दाङको तुलसीपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुरको मदन आश्रित चोक र गुम्राह चोकको बिचमा भएको सवारी दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–११ निवासी कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करपछि सडकमा लडेकी केसीलाई सोही दिशातर्फ गइरहेको टिप्परले कुल्चिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
गम्भीर घाइते भएकी केसीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। टिप्पर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।