© 2026
दोहा (कतार) । चर्चित नेपाली ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ ले पहिलो पटक कतारको दोहामा साङ्गीतिक प्रस्तुति दिने भएको छ।
इफ्लिक्स इन्टरटेनमेन्टुको आयोजनामा आउँदो शुक्रबार (७ अगस्ट) दोहास्थित प्लानेट लाउन्ज क्लबमा ब्यान्डको धमाकेदार साङ्गीतिक साँझ हुन लागेको हो।
कतारमा रहेका नेपाली संगीतप्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको इभेन्ट संयोजक रोशन अर्यालले जानकारी दिए।
भिआइपी होटलको एम(फ्लोरमा रहेको प्लानेट लाउन्ज क्लबमा हुने कार्यक्रमका लागि साँझ ६ः०० बजेदेखि नै ढोका खुला गरिनेछ भने मुख्य लाइभ कन्सर्ट राति ८ः०० देखि १२ः०० बजेसम्म चल्नेछ।
आयोजकका अनुसार सीमित सिट मात्र बाँकी रहेकाले ‘पहिलो आउनेलाई प्राथमिकता’का आधारमा प्रवेश गराइनेछ।
नेपाली मौलिक र आधुनिक सङ्गीतको उत्कृष्ट मिश्रण पस्कन माहिर मानिने यो ब्यान्डलाई स्वागत गर्न कतारका नेपालीहरू उत्सुक देखिएका छन्। आयोजक संस्थाले प्रवासमा नेपाली कला(संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएकाले सम्पूर्ण नेपालीहरूलाई उपस्थितिका लागि आह्वान गरेको छ।