Butwal Today

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने

३१ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिन ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त  विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?