© 2026
काठमान्डौँ ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सीमा सम्बन्धी दिएको गलत अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले डेढ महिनादेखि विपक्षी दलहरूले प्रधानमन्त्रीसँग उक्त अभिव्यक्ति सच्याउन माग गर्दै आए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए।
‘बरु ढुङ्गा बोल्ला, मान्छे बोल्दैन भन्ने जस्तै भयो । यसले डर र चिन्ता पैदा गरेको छ,’ उनले भने ।
राईले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा कुनै समस्या उत्पन्न भएपछि ‘सिंहदरबार जलाइदिन्छु’ भनेर फेसबुकमा लेखेको प्रसंग स्मरण गर्दै अहिले सीमा सम्बन्धी अभिव्यक्तिले पनि त्यस्तै अवस्था सिर्जना हुने हो कि भन्ने चिन्ता व्यक्त गरे ।
यद्यपि, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको उनले स्पष्ट पारे ।