Butwal Today

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ सर्वसम्मतिले पारित

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा आएको हो । राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिले प्रस्ताव गरेका संशोधनहरू स्वीकार गर्दै विधेयक पारित गरेको छ । अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाइनेछ ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन विधेयक ल्याइएको बताइन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य रेणु चन्दले भाग लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?