Butwal Today

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाइनेछ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि दफावार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतदानका क्रममा विधेयक बहुमतले पारित भएको हो ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि उनले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गरेका थिए ।

दफावार छलफलमा सहभागी राष्ट्रियसभा सदस्य डा प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा थप कर लगाउन नहुने धारणा राखेका थिए ।

बैठकको शून्य समयमा सदस्यहरूले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?