© 2026
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई एमालेमा प्रवेश गराएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्ने नेताहरूमा डिबी कार्की, राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) रहेका छन् ।
कार्यक्रममा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताको उपस्थिति रहेको थियो ।