© 2026
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः निरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमा याचना गरी नीतिगत काम गर्न माग गरे ।
सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः निरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गरे ।
सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिए ।