© 2026
काठमान्डौँ ।
प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएको छ । संसद् भवनस्थित सभा हलमा सुरु भएको प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुने सचिवालयले जनाएको छ ।
संसदीय प्रशिक्षण शाखाले सञ्चालन गरेको उक्त कार्यक्रममा संसदीय प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी जानकारी प्रदान गरिनेछ ।
नवनिर्वाचित सांसदहरूमा संसदीय प्रक्रिया, अभ्यास तथा नियमबारे पर्याप्त जानकारीको अभावका कारण सदनमा अपेक्षित परिपक्वता नदेखिएको भन्दै विभिन्न तहबाट टिप्पणी भइरहेका बेला संसद् सचिवालयले यो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।