Butwal Today

ओली–प्रचण्डलाई बाँस्कोटाको प्रश्न : पार्टी फुटाउनु गल्ती थियो भन्न सक्नुहुन्छ ?

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेतृत्वले विगतमा पार्टी फुटाएको गल्तीप्रति आत्मालोचना नगरी पुनः वामपन्थी एकताको चर्चा सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले पार्टी एकताको बहस अघि बढाउनुअघि विगतका गल्ती स्वीकार्दै आत्मालोचना गर्न र आवश्यक परे नेतृत्व पनि हस्तान्तरण गर्न नेताहरूलाई सुझाव दिएका हुन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले एउटै मञ्चबाट फेरि पनि वामपन्थी शक्तिहरू एक हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । सोही सन्दर्भलाई लक्षित गर्दै बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ । भयानक खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर, तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन देखाइएको भुत्ते हतियार हो । सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला पार्टी फुटाउनु गल्ती थियो भनेर स्वीकार गर । आफू पछि हटेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?