© 2026
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँच दिने सम्मेलनका क्रममा भोलि आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबिचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्र’ मा उनी सहभागी हुने छिन ।
सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्री स्तरीय अधिवेशन’मा सहभागी हुने छिन ।
मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिने छिन ।