Butwal Today

लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आठौँ पदहस्तान्तरण सम्पन्न

९ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आठौँ पदहस्तान्तरण तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स वर्ष २०२५–२६ को नेतृत्वले आफ्नो कार्यकाल समापन गर्दै लायन्स वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

वर्ष २०२५–२६ की अध्यक्ष उषा सुवेदीले वर्ष २०२६–२७ का लागि निर्वाचित अध्यक्ष चमेली श्रीस बुढाथोकी (विनिता)लाई पद हस्तान्तरण गरेकी थिइन्।

दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले गरेकी थिइन् भने दोस्रो सत्र तथा पदहस्तान्तरण कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष लायन चमेली श्रीस बुढाथोकी (बिनिता) ले गरेकी थिइन्।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन लायन निशा गुरुङले गरेकी थिइन् भने दोस्रो सत्र तथा पदहस्तान्तरण कार्यक्रमको सञ्चालन लायन पूजा ढुङ्गानाले गरेकी थिइन्।

लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर एमजेएफ लायन विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, क्लबका चार्टर अध्यक्ष तथा सिनियर डिस्ट्रिक्ट एड्भाइजर लायन मीना गुरुङको विशेष आतिथ्यता, रिजन चेयरपर्सन लायन कमल पौडेल तथा जोन चेयरपर्सन लायन माधव आचार्यको उपस्थितिमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, बोर्ड सदस्यहरू, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरू तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधि, सेवा कार्यक्रम तथा क्लबले हासिल गरेका उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको उल्लेख गरिएको थियो।  यस्तै नवनिर्वाचित अध्यक्ष लायन चमेली श्रीस बुढाथोकी (बिनिता) ले आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने बताएकी थिइन्।

कार्यक्रममा लायन्स वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन तथा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। जसअनुसार सचिवमा पूजा ढुङ्गाना, उपाध्यक्षमा माया सापकोटा, कोषाध्यक्षमा सुनिता सापकोटा चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?