Butwal Today

सवारी दुर्घटनामा २३ जना घाइते

७ असार २०८३, आइतबार
अ+
अ-

बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट यात्री लिएर  सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बिच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले राससलाई जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त हुन् साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्‍याइएको छ । घाइतेको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?