Butwal Today

पासपोर्ट लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह 

४ असार २०८३, बिहीबार
अ+
अ-

दोहा–कतार ।

कतारस्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदकहरूको नयाँ राहदानी तयार भएको दूतावासले जानकारी दिएको छ ।

नेपाली दूतावासले बुधवार सार्वजनिक गरेको सूचना अनुसार राहदानी वितरण प्रक्रिया आइतबार देखि बिहीबार सम्म लिन सकिने बताएको छ । सार्वजनिक बिदा बाहेक बिहान १० बजेदेखि अपराह्न ३ः३० बजेसम्म राहदानी वितरण गरिने दूतावासले जनाएको छ।

राहदानी लिन आउँदा सूचीमा नाम रहेका करिब १ हजार ६ सय १७ जना सेवाग्राहीलाई आवेदन रसिद तथा सूचिको अन्तिममा उल्लेख गरिएको कोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासको भनाई छ । साथै सम्बन्धित व्यक्ति उपस्थित भएर राहदानी लिन सकिने दूतावासले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?