Butwal Today

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

१९ जेष्ठ २०८३, मंगलवार
अ+
अ-
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण  जेठ १ बाट सुरु गरिएको छ ।
 
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४००  ट्रान्जीट बनाएर आहार प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।
बाघको आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा । गौरी गाई बँदेल, नीलगाई र बाँदर पर्छन् ।
 
शुक्लाफाँटा, बाँके र बर्दियामा चौका र बाह्रसिङ्गे समेत बाघको आहारा प्रजातिको रूपमा  छन् ।  सर्वेक्षण  सकेपछि दुरी छनोट  विधिबाट आहारा प्रजातिको सङ्ख्या निकालिने उनले जानकारी दिए ।
 
निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु गरिने छ । यससँगै बाघका लागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज बन्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?