ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनले बनायो वार्षिक कार्ययोजना

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

भैरहवा, ५ माघ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी मंगलबार र बुधबार कपिलवस्तुमा सम्पन्न भएको छ । वाणगंगा नगरपालिका–३ राजापानीस्थित होटल थ्री एस प्रा.लि.मा भएको गोष्ठीले वार्षिक कार्ययोजना तय गरेको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । वार्षिक कार्ययोजनाहरु सम्पन्न गर्न जिम्मेवारी समेत तोकिएको न्यौपानेले जानकारी दिए ।

बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि दबाब दिन अन्तत्र्रिmया तथा डेलिगेशन, सिद्धार्थ सडक खाना महोत्सव–२०८० गर्ने, व्यावसायिक दर्ता तथा नविकरणमा विशेष पहल गरी नयाँ दर्ता तथा नविकरणलाई प्राथमिकता, अन्य विभिन्न संघ–संस्थाहरुद्वारा गरिने पर्यटन प्रवद्र्धनका भेला गोष्ठीहरुमा व्यावसायिक एवं संगठनको प्रतिनिधित्व, संगठनका पदाधिकारीहरुलाई सीप विकास तथा नेतृत्व विकास तालिमको आयोजना, होटल तथा रेष्टुरेण्टको स्तर निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा खाद्य शुद्धता तालिम र व्यवसायको अनुगमन गरी स्तर निर्धारण, नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन, संगठनको साँस्कृतिक कार्यक्रम एवं आर्थिक अवस्थालाई सबल बनाउनका लागि देउसी भैलोको आयोजना गर्ने, चाडपर्वलाई लक्षित गरी संस्कृति संरक्षण गर्ने उद्देश्यअनुरुप साँस्कृतिक कार्यक्रम, दशैं, दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, लुम्बिनी होटल संघसँग संयक्त अन्तत्र्रिmया र मदिरा व्यवसायी संघसँगको व्यावसायिक हितका लागि अन्तत्र्रिmया गर्ने निर्णय गरेको छ ।

त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देही, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट सञ्चालित पर्यटनसम्बन्धी कार्यक्रममा अधिकतम सहभागी हुने, विभिन्न इकाई तथा उपसमितिको गठन गरी क्षेत्रगत सहभागिता वृद्धि, होटल व्यवसायीहरुको गुनासो तथा समस्याहरुबारे छलफल गर्ने, सम्बन्धित निकायहरुसँग पहल तथा पत्राचार एवं डेलिगेशन, अभिमुखीकरण तालिम, बेलहिया नाका र सिद्धार्थनगर नगरपालिका बजारभित्र रहेको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, ठेला व्यवस्थापन गरी यस क्षेत्रको सुन्दरीकरण बढाउन स्थानीय सरकार, ट्राफिक प्रहरी कार्यालय र अन्य निकायहरुसँग छलफल गरी संस्थाको अगुवाइमा पहल, प्रत्येक होटलमा मेनु र कर्मचारी परिचयपत्रलाई अनिवार्य गर्ने, रात्रीकालीन होटल रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्न समन्वय तथा होटलहरुमा विभिन्न किसिमका हिंसा, चोरी, असुरक्षा र होटल व्यवसायी र ग्राहकबीच हुने असमझदारी भएको अवस्थामा गुनासो सुनी सम्बन्धित निकायमा छलफल गरी समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संगठनले लागू गरेको व्यावसायिक राहत कोषको रकममा थप वृद्धिका लागि विभिन्न किसिमका आर्थिक उपार्जनका लागि पहल, दक्ष जनशक्ति उत्पादन र वैदेशिक रोजगारीबाट रोक्न कुक तथा वेटर हाउसकिपिङ लगायत तालिम व्यवस्थापनको लागि सम्बन्धित निकायबाट पहल, धार्मिक, भौगोलिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न निकायहरुसँग छलफल तथा अन्तत्र्रिmया, कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि सल्लाहकारहरुसँग परामर्श लिइ पर्यटनसम्बन्धी विज्ञहरुसग आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्ययोजना तय गरिएको छ । त्यस्तै पर्यटकीय गाईड र पर्यटकीय स्थलको जानकारीका लागि दक्ष जनशक्ति उत्पादन, सम्बन्धित निकायसम्म पहल गर्नुका साथै बेलहिया र लुम्बिनी क्षेत्रभित्र आउने भारतीय पर्यटकलाई लक्षित गर्दै सूचना केन्द्र स्थापना, पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले बुद्ध सर्किटका लागि टुरिस्ट प्याकेज तयार गरी यस क्षेत्रमा कोभिडका कारण धरासायी भएका होटल व्यवसाय सञ्चालनमा पहल, संगठनको आफ्नै वेभसाइट बनाइ आन्तरिक पर्यटकीय स्थलहरुको पहिचान दिने र यहाँका स्थानीय गतिविधि प्रचारप्रसार गर्ने निर्णय कार्यशालाले गरेको छ ।

त्यसैगरी साधारणसभा तथा वार्षिक कार्ययोजनाबाट तोकिएको कार्य र विगतमा गरिएको कार्यलाई पनि निरन्तरता दिए÷नदिएको अनुगमन तथा मूल्यांकन, सामाजिक उत्तरदायित्वका कार्यक्रम, अतिथि देवो भवः भन्ने भावसँगै होटल व्यवसायीहरुले होटल सञ्चालनमा ग्राहक र पर्यटनसँग हस्पिटालिटी व्यवस्थापन (आतिथ्यता कायम) हुनुपर्ने र त्यसका लागि नाटा र पर्यटन कार्यालयसँग समन्वय गरी संगठनको भूमिकालाई प्रभावकारी बनाउने, सि.न.पा. हाइवे क्षेत्रभित्र उज्यालो भैरहवा बनाउने उद्देश्य लिइ विद्युत प्राधिकरण र स्थानीय सरकारसँग समन्वय, प्लाष्टिकमुक्त शहरको अवधारणा विकासका लागि होटलबाटै सुरुवात पहल र अनुगमन गर्ने निर्णय पनि गरिएको छ ।

पर्यटन गाईड र संचार जगतसँग अन्तत्र्रिmया र सम्पूर्ण स्पा सेन्टरलाई व्यावसायिक आचारसंहितामा रहेर सञ्चालनमा ल्याउनका लागि पहल गर्ने निर्णय गरेको छ । बैठकमा संगठनका कोषाध्यक्ष नरेन्द्र खनालले २०७९ साउनदेखि पुससम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायीले विभिन्न खालका कठिनाइको सामना गर्नुपरेको बताए । उनले होटल व्यवसायीका समस्या समाधान गर्न एकजुट हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत रहेका ज्ञवालीले भने, ‘भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अन्तर्राष्टिय उडान रोकिएको छ, लुम्बिनीका विद्युतीय बस सञ्चालन हुन सकेका छैनन्, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिडको असर अहिले अर्थतन्त्रमा परिरहेको बताए । उनले होटल व्यवसायीले पर्यटकको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोेड दिए ।

लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीले व्यवसायी संगठित हुनुपर्ने बताए । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका सल्लाहकार सागर अधिकारीले पर्यटन क्षेत्रमा अफ्ठयारो अवस्थामा रहेको बताए ।

मदिरा व्यवसायी सगठन भैरहवाका अध्यक्ष तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका सल्लाहकार केशवराज ज्ञवालीले मदिरा र होटल व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकाले विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा पनि गर्न सकिने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका पूर्वअध्यक्ष तथा उद्योग व्यापार संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन व्यवसाय थला परेको बताए ।

त्यस अवसरमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, वरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेल, महासचिव राजेश महोत्रा लगायतले बोलेका थिए । २०६९ सालमा स्थापना भएको संगठनमा हाल ३ सय बढी सदस्य आबद्ध रहेको सचिव बाल बहादुर घिमिरे (सुनिल)ले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?