Butwal Today

न्यूनतम मूल्यमा उपचार गर्ने सिद्धार्थनगर सिटीको घोषणा

२ जेष्ठ २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर । सिद्धार्थनगर सिटी हस्पिटलले न्यूनतम मूल्यमा बिरामीको उपचार गर्ने भएको छ । अस्पतालले निजी क्षेत्रबाट ’सुलभ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको हो ।

न्यून आय भएका नागरिकलाई लक्षित गर्दै सरकारी तथा गैर–नाफामूलक संस्थाकै दरमा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

वैशाख १६ गतेदेखि सुरु भएको कार्यक्रम मार्फत अस्पतालले महँगो मानिने निजी स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्य राखेको प्रबन्ध निर्देशक पौडेलको भनाई छ । १ सय बेड क्षमताको यस अस्पतालले स्वास्थ्य सेवालाई व्यापार भन्दा बढी सेवाको रूपमा स्थापित गर्न खोजेको उनको भनाइ छ ।

अस्पतालले ओपीडी सेवा १ सय ५० रुपैयाँ,जनरल वार्ड ५ सय रुपैयाँ, भिडियो एक्स–रेः ८ सय रुपैयाँ,एनआईसीयू २ हजार, आईसीयू २ हजार २ सय सँगै सिटी स्क्यान, इन्डोस्कोपी र विभिन्न सर्जरी प्याकेजहरूमा समेत सस्तो दर कायम गरिएको पौडेलले जानकारी दिए ।

आईसीयू वा एनआईसीयू जस्ता जटिल सेवा सुलभ दरमा लिनका लागि बिरामीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै सामान्य निवेदन फारम भर्नुपर्ने प्रावधान राखिएको छ । जिल्लाहरू गुल्मी, कपिलवस्तु र अर्घाखाँचीबाट समेत बिरामीहरू आउन थालेका छन् ।

बिरामी कुरुवा मुना न्यौपाने भन्छिन “निजी अस्पताल भनेपछि महँगो हुन्छ भन्ने लाग्थियो तर यहाँ सस्तोमा राम्रो सेवा पाएको अनुभव सुनाईन । अस्पतालले सरकारी निर्देशन अनुसार १० प्रतिशत निःशुल्क सेवालाई पनि निरन्तरता दिएको प्रबन्ध निर्देशक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?