© 2026
(दोहा) कतार । कतारमा “बृहत् रक्तदान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले “१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा “५३ जनाले नेपालीहरूले रक्तदान गरेका छन् ।
“१३७ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा रोयल नेपाल यूथका अध्यक्ष केशु मल्ल ठकुरीले श्रमिक दिवसको अवसरमा गरिएको यो कार्यक्रमले कतारमा रहेका नेपाली श्रमिकहरूबिच आपसी सद्भाव र सहयोगको भावना बढाउनुका साथै श्रमिकहरूको हित, स्वास्थ्य र सहुलियता हुने विश्वास व्यक्त गरे ।
“मानवीय तथा परोपकारी” उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदान गरेका दाताहरूलाई कार्यक्रम संयोजक राजेन्द्र मल्ल ठकुरीले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
“रक्तदान जीवनदान-जीवनदान महादान” भन्ने मूल नाराका उक्त कार्यक्रममा सहयोगी संस्थाको रूपमा ठकुरी सहयोग सञ्जाल कतार, पर्वत जलजला समाज कतार, आर्थर डाडाखर्क समाज कतार तथा तनहुँ सेवा समाज बागलुङ सेवा समाज कतार सहयोगी संस्थाको रूपमा सहभागिता जनाएका थिए । रक्तदान बिहान ८ बजे देखी दिउँसो १ बजे सम्म चलेको थियो ।