Butwal Today

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेका छन।

सरकारले ल्याएको अध्यादेशबाट कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य पदमुक्त भएपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?