Butwal Today

रुपन्देहीको बाल सुधार गृहमा अनुगमन

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

देवदह (रुपन्देही) । यहाँको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधार गृहमा अनुगमन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधार गृहको अनुगमन गरेको हो ।

अनुगमनपश्चात् सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठुलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताइन । त्यसका लागि आवश्यक पहल गरिने उनले बताइन् । एकै ठाउँमा धेरै बालकहरू बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उनको भनाइ छ ।

बाल सुधार गृहमा स्थानीय तहहरूले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उनले बताइन । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहेकी पौडेलले बाल सुधार गृहमा रहेका बालकहरूलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?