Butwal Today

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा साझा प्रयास आवश्यक छ’

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-
गण्डकी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक हुने बताएका छन्  ।
वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अन्नपूर्ण जलवायु सम्मेलन २०८३ अन्तर्गत जलवायु परिवर्तन र हिमालसम्बन्धी माछापुच्छ्रे संवादको आज पोखरामा उद्घाटन गर्दै उनले जलवायु परिवर्तन चुनौतीका रूपमा देखिएको बताए ।
पछिल्ला पुस्तालाई हाम्रा प्राकृतिक सम्पदाहरू सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनका कारण बढ्दो असरको न्यूनीकरण गर्नका लागि सजग बन्दै अघि बढ्नुपर्ने बताए । “हाम्रा माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाललाई बचाउन नसकेमा त्यसबाट हाम्रो जनजीवनसमेत प्रत्यक्ष प्रभावित हुनेछ”, उनले भने, “वातावरणको संरक्षणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ ।”
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनले कृषि प्रणालीमा गम्भीर असर परिरहेको बताए । मनाङ, मुस्ताङलगायत जिल्ला अझै जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै उनले बढ्दो तापमानले तराईका नवलपुरजस्ता जिल्लामा बाढीलगायतको असर परिरहेको उल्लेख गरे ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले विश्वव्यापी रूपमा तापमान द्रुत रूपमा बढेको बताउँदै यसबारे बेलैमा सचेत नबने गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताए । कार्वन उत्सर्जनसमेत तीव्र बढिरहेको बताउँदै उनले अरूले कार्बन उत्सर्जन गरेका कारण त्यसको असर भोग्नुपरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?