Butwal Today

ट्राफिक कार’बाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कार’बाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मा’दक पदार्थ सेवन गरेको ४९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कार’बाही गरिएको हो ।

यसै गरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कार’बाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?