© 2026
नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला आज यहाँ बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।
बरामद गरिएका चल्लालाई पशु क्वारेन्टिइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेन्टिइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए । कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए । भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उनले सबैलाई आग्रह गरे ।