© 2026
नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ ।
गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारकै क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । ठक्कर दिने सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को रहेको प्रहरी उपरीक्ष खड्काले जानकारी दिए ।