© २०२३
बुटवल, ३० पुस ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्ने वक्ताहरुले समान शक्ति विकासका लागि सद्भाभावपूर्ण सहकार्य जरुरी हुने बताएका थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द प्रसाद ढकालले सहकारीको नाममा मौलाएको बेथितीलाई चिर्दै सहकारीको साख जोगाई राख्न संघहरुले भूमिका खेल्नु पर्ने उल्लेख गरे ।
संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सञ्चालक सन्दीप सापकोटा, प्रदेश विकास बोर्डका कर्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, स्थिरिकरन कोषका सञ्चालक ज्ञानु पौडेल, जिल्ला बचत संघका अध्यक्ष वसन्त ढकाल लगायतले आफ्नो भनाइ राखेका थिए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका गरी ६४ बचत तथा ऋण सहकारी सस्थाहरु आवद्ध संघले आगामी दिनमा सदस्यता बिस्तारलाई प्राथमिकता दिने बताएको छ । कार्यक्रमका अवसरमा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, महासचिव ऋषिराम सापकोटालगायतले पनि आ–आफ्नो भनाई राखेका थिए ।