Butwal Today

रास्वपाको महामन्त्री बने भूपदेव शाह

७ बैशाख २०८३, सोमबार
अ+
अ-

 काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् ।

पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि, उनी निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?