© 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको १२ वर्ष पुरानो एक गीत युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। हिपहप कलाकार बालेन्द्रको उक्त गीतमा महिला विरोधी तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायप्रति घृणा फैलाउने खालका अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाइएको छ। उजुरीकर्ताहरूले गीतमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न समेत माग गरेका छन्।
विवेक मगर, रोजी पुन, महेन्द्रसिंह दनुवार र पवन राई बाबुले संयुक्त रूपमा दिएको उजुरीमा ‘सङ्स नेपाल’ नामक युट्युब च्यानलबाट उक्त भिडियो हटाउन माग गरिएको उल्लेख छ। उजुरीमा समावेश विवरणअनुसार सो भिडियोको अवधि २० मिनेट १४ सेकेन्ड रहेको छ। उक्त गीत ‘रअ बार्ज’ नामक हिपहप ब्याटल कार्यक्रममा प्रस्तुत गरिएको थियो, जुन कार्यक्रम करिब १२ वर्षअघि थ्बmब द्यगममजब लगायतका कलाकारहरूले नेपहप प्रवर्द्धनका लागि आयोजना गरेका थिए।
हाल बालेन राष्ट्रिय राजनीतिमा सक्रिय र चर्चित व्यक्तित्व बनेपछि पुराना भिडियोहरू पुनः सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।