Butwal Today

पश्चिमी र स्थानीय वायु सक्रिय : विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको छ ।

अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ । बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै गण्डकी प्रदेशको पहाडी भू-भाग र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ ।

मौसममा आएको यस परिवर्तनले पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?