© 2026
भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहिबार साझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीप्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल करिब सवा ८ बजे रोकिराखेको ट्रलीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए ।
घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए । मृतक मर्चवारी गाउँपालिकाको पूर्व वडा अध्यक्ष थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।