Butwal Today

विद्यार्थी र अभिभावकसँगै मनायो शमसेर स्मृति विद्यालयले वार्षिकोत्सव

२१ चैत्र २०८२, शनिबार
अ+
अ-

ओमसतिया । ओमसतिया गाउँपालिका–६ नरैनापुरस्थित शमसेर स्मृति आधारभूत विद्यालयले आफ्नो २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। यस अवसरमा विद्यालयको मुखपत्र दिव्य ज्योती २०८२’को पहिलो अंक पनि विमोचन गरिएको थियो।

वि.सं.२०६३ सालमा स्थापना भएको विद्यालयमा हाल करिब १५० जना विद्यार्थी अध्ययनरत छन्। कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापक बलिराम यादवले विद्यार्थिको किताबी ज्ञानसँगै सर्वाङ्गीण विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको बताए। उनले अनुशासन, व्यवहारिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिइएको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको समग्र विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ। प्रधानाध्यापक यादवका अनुसार शिक्षा, अनुशासन र सिर्जनात्मक गतिविधिहरूको सन्तुलित विकासमार्फत विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?