Butwal Today

सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी भट्ट पक्राउ

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ-सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरिएकाे हो ।

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालाेसूचीमा राखेर विदेश जान समेत राेक लगाएकाे थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेकाे छ ।

काठमाडौंको सानेपामा बस्ने ४४ वर्षीय भट्ट पछिल्लो डेढ दशकयता निरन्तर सत्ता र शक्तिका प्रिय पात्रका रूपमा चिनिन्छन्। भट्टमाथी विगतमा सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ ।

भट्टले सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युतका लाइसेन्समा ‘चलखेल’ गरेको आरोप लाग्दै आएको छ । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र तत्कालीन माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला निश्चित व्यापारीको स्वार्थअनुसार उनले करका दर हेरफेरमै हस्तक्षेप गरेको आरोप पनि लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?