Butwal Today

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

जकार्ता  । इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरूको संयुक्त खोजी र उद्धार  टोली (एसएआर) ले जीवित उद्धार गरेको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

जीवित व्यक्तिहरू र एसएआर कार्यालयको समन्वयमा पालु खोजी र उद्धार कार्यालयबाट एसएआर टोलीले स्थानीय समय अनुसर विहान लगभग ०८ः२४ मा दक्षिण बोलाङ मोङ्गोन्डो, उत्तरी सुलावेसीको पानीमा बगिरहेको डुङ्गा फेला पारेको जनाइएको छ ।

माछा मार्ने डुङ्गामा रहेका २१ जना मध्ये एक जना क्याप्टेन, एक जना चिफ इन्जिनियर र १९ जना चालक दलका सदस्यहरू रहेको पालु एसएआर अफिसका प्रमुख मुह रिजालले बताएका छन् ।  सबै सदस्यहरूलाई सुरक्षित फेला परे पछि एसएआर सञ्चालन हाललाई बन्द गरिएको  उनले बताएका हुन ।

रिजालले सबै मानिसहरूलाई उद्धार गरि स्वास्थ्य जाँचका लागि स्थानीय अस्पतालमा  लगिएको बताएका छन् ।

यस अघि आइतबार साँझ तालियाबु टापुबाट केमा गाउँ प्रस्थान गरे पछि उक्त डुङ्गा डुबेको रिपोर्ट गरिएको थियो भने डुङ्गामा रहेका सबै यात्रुहरू बेपत्ता भएको पालु खोजी र उद्धार कार्यालयले जनाएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?