Butwal Today

छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

जुम्ला । छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना गरेको आरोपमा जुम्लाको एक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र लेखा सहायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई, प्रधानाध्यापक नरेन्द्र बहादुर महत र लेखा सहायक कृष्ण कामीले छात्रवृत्ति वापतको रकम विगत पाँच वर्षदेखि वितरण नगरी रोक्का राखेका तथा दिवाखाजा कार्यक्रमको रकम हिनामिना गरेका हुन्।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो। आयोगले तीनै जनाविरुद्ध बिगो रु। १ लाख ४५ हजार ३५० रुपैयाँ कायम गरी सोही बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपर गर्न मागदाबी लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?